४६ राष्ट्रविरुद्ध जित हात पार्ने खेलाडी बने अफगानिस्तानका यी अलराउन्डर !
काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै गएको अफगानिस्तानले आफ्नो पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकालाई हराएको हो ।
दक्षिण अफ्रिकाविरुद्धको उक्त खेलमा अफगानिस्तानका मोहम्मद नाबीले पनि एउटा गजबको कीर्तिमान बनाए । दक्षिण अफ्रिकालाई हराउने अफगानिस्तानको टोलीमा नाबी पनि सहभागी थिए । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ४६ वटा फरक राष्ट्रलाई हराउने खेलाडी बन्न पुगेका छन् ।
मोहम्मद नाबीले अफगानिस्तानको टोलीका लागि खेल्दै हालसम्म ट्रिनिडाड एन्ड टोबागो, अमेरिका, भुटान, माल्दिभ्स, बार्बाडोस, युगान्डा, बर्मुडा, आयरल्यान्ड, स्कटल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र क्यानडालाई हराइसकेका छन् ।
यसैगरी, ३९ वर्षीय नाबी सम्मिलित टोलीले केन्या, हङ्कङ, संयुक्त अरब इमिरेट्स, जिम्बाबे, वेस्ट इन्डिज, नेपाल, श्रीलंका, बंगलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, डेनमार्क, बहराइन, मलेसिया, साउदी अरेबिया र कुवेतलाई पनि हराइसकेको छ ।
यसैगरी, अफगानिस्तानले कतार, थाइल्यान्ड, जापान, बहामास, बोत्सवाना, जर्सी, फिजी, तान्जिनिया, इटाली, अर्जेन्टिना, पपुवा न्यु गिनी, केम्यान आइल्यान्ड्स, ओमान, चीन, सिंगापुर, पाकिस्तान र दक्षिण अफ्रिकालाई हराउँदा पनि मोहम्मद नाबी टोलीमा थिए ।
अनुभवी अलराउन्डर मोहम्मद नाबीले अफगानिस्तानलाई थुप्रै ऐतिहासिक सफलता दिलाएका छन् । पछिल्लो समय अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण सफलता हात पारिरहेको छ । हालै आईसीसी टी–२० विश्वकपमा पनि अफगानिस्तान सेमिफाइनलसम्म पुगेको थियो ।
अफगानिस्तानले सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि इङ्गल्यान्डजस्तो बलियो टोलीलाई हराएर धेरैको मन जितेको थियो । टी–२० विश्वकपमा पनि अफगानिस्तानले न्युजिल्यान्ड र अस्ट्रेलियालाई पराजयको स्वाद चखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण