आर्यन खानको सिरिजमा सलमान खानको इन्ट्री
नयाँ दिल्ली । ब्लकबस्टर हिट पठानपछि बलिउड अभिनेता सलमान खान फिल्मको पर्दामा देखिएका छैनन् । उनी चाँडै नै शाहरुख खानसँग आगामी सिरिजमा केमियो गर्दैछन् । खबरहरूका अनुसार शाहरुख खानका छोरा आर्यन खानले सलमानलाई आफ्नो निर्देशनमा बन्न लागेको डेब्यू सिरिजमा कास्ट गरेका छन् ।
न्युज १८ ले छापेको खबरका अनुसार आर्यन खानको निर्देशनमा बन्न लागेको सिरिजको एक एपिसोडमा सलमान खान देखिँदैछन् । कास्टिङपछि सलमान खानले सिरिजको एपिसोडको सुटिङ पनि पूरा गरिसकेका छन् । यस सिरिजमा शाहरुख खान पनि देखिने छन् । शाहरुख र सलमानले स्क्रिन सेयर गर्ने कि गर्दैनन् भन्ने कुरा अहिलेसम्म स्पष्टचाहिँ भएको छैन ।
खबरका अनुसार सलमान खानलाई सिरिजको अफर आएपछि उनले केही सोच्दै नसोची हुन्छ भनिदिएका थिए । सलमान शाहरुख र उनको परिवारसँग निकै नजिक छन् । आर्यन खानको निर्देशनमा डेब्यु गर्न पाउँदा उनी निकै खुसी भएको बताइएको छ । शाहरुख खान र गौरी खानका छोरा आर्यन चाँडै नै बलिउडमा निर्देशनमा डेब्यु गर्न लागेका छन् ।
हिन्दी सिनेमाको पृष्ठभूमिमा बन्न लागेको सिरिजमा २६ वर्षीय आर्यनले स्टारडम बनाइरहेका छन् । यस सिरिजमा शाहरुख खान पनि क्यामियोमा देखिँदै छन् । केही दिनअघि कोइमोईमा छापिएको समाचारले भने आर्यन खानले सिरिजबाट आफ्नो बुवाको क्यामियो हटाउन चाहेको दाबी गरेको थियो । स्टार किड भएको फाइदा आफूलाई भएको भनेर कसैले पनि भनुन् भन्ने आर्यन चाहँदैनन् ।
सिरिज हुनुअघि नै १२० करोडको अफर अस्वीकार
केही समयअघि आर्यन खानलाई ओटीटी प्लेटफर्मबाट १२० करोडको अफर आएको थियो । एक ओटीटी प्लेटफर्मले शृङ्खलाको स्ट्रिमिङ अधिकारहरू किन्न चाहन्थे । तर आर्यनले सो प्रस्ताव अस्वीकार गरे । फाइनल आउटपुट नहेरेसम्म सिरिज नबेच्ने आर्यनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण