आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने
नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप)की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् ।
पार्टीले यसअघि नै २१ सेप्टेम्बरमा मुख्यमन्त्रीको शपथ ग्रहण गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्मा सामेल भएका अन्य मन्त्रीहरूले पछि शपथ लिने भनिएको थियो । तर, अब मन्त्रीहरुलाई पनि सोही दिन शपथ गराउने निर्णय भएको छ । अरविन्द केजरीवाल सरकारमा शिक्षा मन्त्री रहेकी अतिशी सेप्टेम्बर १७ मा विधायक दलको नेता चुनिएकी थिइन् ।
निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले नै मुख्यमन्त्रीका लागि अतिशीको नाम प्रस्ताव गरेका थिए । बाँकी विधायकले पनि उनको नाममा समर्थन गरे । यसअघि तिहाड जेलबाट बाहिर आएपछि सेप्टेम्बर १५ मा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै केजरीवालले मुख्यमन्त्रीबाट आफ्नो राजीनामाको घोषणा गरेका थिए ।
आतिशी दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हाल्ने तेस्रो महिला नेत्री बनेकी छन् । यसअघि भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण