टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री गुरुकुलको उत्कृष्ट प्रदर्शन
काठमाडौँ । स्वस्तिश्री गुरुकुल स्कुलले टुसाल मल्टी भेन्यूद्वारा आयोजित विद्यालय स्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको छ । प्रतियोगिताको यो तेस्रो संस्करण हो ।
तार्केश्वर नगरपालिका–८ स्थित टुसाल मल्टिभेन्यूको स्विमिङ पुलमा बुधवार सम्पन्न प्रतियोगितामा स्वस्तिश्री गुरुकुल स्कुलले सिनियर ब्वाइज, जुनियर गर्ल्स र जुनियर ब्वाइज स्पर्धामा स्वर्ण तथा सिनियर ब्वाइज स्पर्धामा एक कास्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो ।
२५ मिटर फ्रिस्टायलमा खेलाइएको उक्त प्रतियोगितामा सिनियर ब्वाइजतर्फ स्वस्तिश्री गुरुकुलका आलज रञ्जितले निर्धारित दूरी १५.०६ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भए । उक्त स्पर्धामा ओमेगा इन्टरनेशनलका एरिक कर्माचार्य दोस्रो र स्वस्तिश्रीका कृतज्ञँ कोजु तेस्रो भए ।
सोही विधाको गर्ल्सतर्फ राजश्री गुरुकुलकी दिव्यानी श्रेष्ठले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी १८.०६ सेकेन्डमा पार गरिन् । उक्त स्पर्धामा संस्कृत इन्टरनेशनलकी प्रिन्सा कार्की दोस्रो र सेन्ट मेरिजकी युत्सा श्रेष्ठले तेस्रो भए ।
प्रतियोगिताको जुनियर ब्वाइज स्पर्धामा पनि स्वस्तीश्री गुरुकुलका आथर्व महर्जन १६.३९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जित्न सफल भए । उक्त स्पर्धामा समृद्धि स्कुलका दिव्यांशु प्रजापति दोस्रो र पिनाकल स्कोलर्स स्कुलका रियाज अधिकारी तेस्रो भए ।
यसैगरी, जुनियर गर्ल्स स्पर्धामा पनि स्वस्तीश्री गुरुकुलकी एन्जला रन्जित स्वर्ण पदक जित्न सफल भइन् । उनले निर्धारित दूरी १७. ०५ सेकेन्डमा पुरा गरिन् । उक्त स्पर्धामा सेन्ट मेरिजकी श्रेयशी श्रेष्ठ दोस्रो र मल्पी सिटिकी साध्वी थापा तेस्रो भए ।
प्रतियोगितका विजेता खेलाडीहरुलाई टुसाल मल्टिभेन्यू प्रालिका प्रबन्ध निर्देशक दिपेन्द्र थापाले मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरे । एकदिने उक्त प्रतियोगितामा ४० विद्यालयका ६३ छात्र र २८ जना छात्रा खेलाडीको सहभागिता रहेको थियो ।
कार्यक्रममा टुसाल मल्टी भेन्यूका अध्यक्ष विजय सापकोटा, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, तारकेश्वर नगरपालिका–८ वडाध्यक्ष श्यामकृष्ण सापकोटा र वर्ल्ड अक्वाटिक टेक्निकल अफिसियल विष्णु खड्काको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण