आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

क्लासिक टेकको 'आधा तिरे पुग्छ अफर' सार्वजनिक

बिहीबार, ०३ असोज २०८१, २३ : २८
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ ।  अहिले चार्डपर्वको अवसरमा ग्राहकहरुकालागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक हुने गरेका छन् ।  तर वार्षिक जडानमा भने ग्राहकलाइ महँगो नै पर्ने गरे गरेको पाइन्छ। सोही बमोजिम सस्तो तथा भरपर्दो इन्टरनेट + आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै क्लासिक टेकले 'आधा तिरे पुग्छ अफर' सार्वजनिक गरेको छ। 
यस अफरमा अब ग्राहकहरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट+टिभी जडान गर्न सक्ने छन्। ६ महिनापछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ। 

उक्त अफरमा १५० एम बि पी यस इन्टरनेट + टिभी २०० एम बि पी यस इन्टरनेट,+टिभी र २०० एम बि पी यसमा २ आइपी टिभी सम्मका प्याकेज रहेका छन्। यसैगरि वाइफाई ६ भएको डुअल ब्याड राउटर ,स्मार्ट सेटटप बक्स  साथै सेकेन्डरी राउटर पनि कम्पनीले निशुल्क उपलब्ध गराएको छ । खास गरि १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टि.भी जडानमा महँगो तिरिरहेका ग्राहकहरुका लागि यस अफर  निकै आकर्षक रहेको कम्पनीको भनाइ छ । 
अफर दशैँ तिहार र छठसम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप