नाइकीका हाकिमले दिए राजीनामा
शुक्रबार, ०४ असोज २०८१, ०९ : ३३
वाशिङटन डीसी । अमेरिकी स्पोर्ट्स वेयर निर्माता कम्पनी नाइकीका हाकिमले कम्पनी छाड्ने भएका छन् । जोन डोनाहोएले अक्टोबर १३ मा सेवा निवृत्ति लिँदैछन् । अर्को वर्षको सुरुसम्म चाँहि उनी कम्पनीमा सल्लाहकारको भूमिका रहनेछन् । उनको बहिर्गमनसँगै कम्पनीका भेटरान एलियट हिलले उनको ठाउँ लिनेछन् ।
विश्व बजारमा प्रतिस्पर्धा चर्किएकै समयमा हिल कम्पनीमा फर्किन लागेका छन् । नाइकीको अनलाइन विक्री बढाउन डोनाहोएको ठुलो भूमिका मानिन्छ ।
अन्य पसल वा सपिङ सेन्टरहरूसँग सहकार्य नगरी कम्पनीको प्रत्यक्ष विक्री बढाएको श्रेय पनि यिनैलाई जान्छ । तर कोभिडको महामारीको समयमा खुद्रा बजार चपेटामा आउने यिनको कार्यकाल निकै चुनौतीपूर्ण रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण