युक्रेनी युद्ध : ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु
शुक्रबार, ०४ असोज २०८१, ०९ : ५८
मस्को । रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ ।
युद्ध भूमिमा मर्नेमा युद्ध सुरु भएयता सेनामा गएका स्वयंसेवक र सर्वसाधारणहरूको अनुपात बढ्दो छ । हरेक दिन युक्रेनमा युद्ध लड्न गएर मारिनेहरूको अन्त्येष्टिको फोटो र अब्यूचरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन् ।
बीबीसी रसिया र स्वतन्त्र वेबसाइट मिडयाजोनाले यी नामका साथै सरकारी प्रतिवेदन समेत अन्य ओपन सोर्समा उल्लेख भएका नामहरूसमेत सङ्कलन गरेको थियो । यस क्रममा युक्रेनमा युद्ध लडिरहँदा ज्यान गुमाएका ७० हजार ११२ जना रुसी सेनाको पहिचान भएको बीबीसीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण