च्याम्पियन्स लिग फुटबल : एटलान्टासँग बराबरीमा रोकियो आर्सनल
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले युरोपियन च्याम्पियन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा अङ्क बाँडेको छ । इटालियन क्लब एटलान्टाले घरेलु मैदानमा खेलिएको खेलमा आर्सनललाई गोलरहित बराबरीमा रोकेको हो ।
आर्सनलका गोलरक्षक डेभिड रायाको प्रदर्शन उत्कृष्ट रह्यो । २९ वर्षीय स्पेनिस गोलरक्षकले ५१औँ मिनेटमा एटलान्टाले प्रहार गरेको पेनाल्टीलाई उत्कृष्ट बचाउ गरेका थिए । उनकै अविश्वासिलो प्रदर्शनका कारण आर्सनल सम्भावित हारबाट जोगियो ।
आर्सनलले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सन् २००६ मा आर्सनल च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको थियो । जारी सिजनको च्याम्पियन्स लिगमा ३६ टोलीको सहभागिता रहेको छ ।
सबै टोलीले एक–एक खेल खेलिसकेका छन् । आर्सनल र एटलान्टा एक–एक अंकसहित तालिकाको १६औँ स्थानमा छन् । १५ वटा टोलीले पहिलो चरणको खेल जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण