ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनसँगै एट्लेटिको म्याड्रिडले जर्मन प्रतिद्वन्द्वीलाई हरायो
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले सुखद सुरुवात गरेको छ । घरेलु मैदानमा बिहीबार राति खेलिएको खेलमा एट्लेटिको म्याड्रिडले जर्मन क्लब आरबी लिपजिगलाई २–१ गोलले हरायो ।
खेलको प्रारम्भमै अग्रता लिएर पनि जर्मन क्लबले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको चौथो मिनेटमै आरबी लिपजिगका लागि बेन्जामिन सेस्कोले गोल गरेका थिए । त्यसपछि खेलमा एट्लेटिको म्याड्रिडले उत्कृष्ट पुनरागमन ग¥यो ।
निर्धारित समयको २८औँ मिनेटमा एट्लेटिको म्याड्रिडका लागि एन्टोइन ग्रिजम्यानले जवाफी गोल गरेका थिए । ग्रिजम्यानको गोलपछि पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयको खेल सकिनुभन्दा ठिकअघि एट्लेटिको म्याड्रिडले दोस्रो गोल गरेको थियो ।
एट्लेटिको म्याड्रिडका लागि दोस्रो गोल ९०औँ मिनेटमा होजे मारिया जिमेन्जले गरेका थिए । उनले ग्रिजम्यानको उत्कृष्ट पासमा गोल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण