लगातार चार जितसँगै फाइनलमा पुगेको नेपाल पुलिस क्लबले आज माल्दिभ्स पुलिसको सामना गर्दै
काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले शुक्रबार लिग चरणको अन्तिम खेल खेल्दैछ । नेपाल पुलिस क्लबले आफ्नो पाँचौँ तथा अन्तिम खेल आयोजक राष्ट्र माल्दिभ्सकै पुलिस क्लबसँग खेल्न लागेको हो ।
जारी प्रतियोगितामा पुलिस क्लबले यसअघि लगातार चार खेलमा जित हात पारिसकेको छ । नेपाल पुलिस क्लब लिग चरणको अन्तिम खेलअगावै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । नेपाल पुलिस क्लबले चौथो खेलमा बिहीबार माल्दिभ्सकै क्लब वाम्कोलाई ३–२ सेटले हराएको थियो ।
त्यसअघि नेपाल पुलिस क्लबले आफ्नो तेस्रो खेलमा ताजकिस्तानको क्लब डाई मेडलाई ३–० को सोझो सेटमा हराएको थियो । त्यसअघि नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा श्रीलंकन एयर फोर्सको टोलीलाई ३–० सेटले हराएको थियो ।
यसैगरी, नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा उज्बेकिस्तानको हुमो क्लबलाई ३–० सेटमै पराजित गरेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब उक्त च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण