पाकिस्तानमा इशनिन्दाका संदिग्धको प्रहरीको गोली लागेर मृत्यु
कराँची । दक्षिण पाकिस्तानको प्रहरीले एक घटनामा सशस्त्र पुरुषलाई गोली हानेर मारेको छ । मृतक इशनिन्दाको आशंकामा प्रहरीले खोजिरहेको व्यक्ति भएको बिहीबार अधिकारीहरूले भनेका छन् । एकै हप्तामा यस्तो खालको यो दोस्रो घटना हो । मानव अधिकारकर्मीहरूले यो घटनाको निन्दा गरेका छन् ।
मृतकलाई प्रहरीले शाह नवाजको रुपमा पहिचान गरेको छ । यिनी सिन्ध प्रान्तको उमरकोट जिल्लामा डाक्टर थिए । इस्लाम धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको र सामाजिक सञ्जालमा इशनिन्दा सम्बन्धी कन्टेन्टहरू शेयर गरेको आरोप लागेपछि यिनी दुई दिनअघि देखि लुकेका थिए । स्थानीय प्रहरी प्रमुख नियाज खोसोले नवाज बुधवार राति झुक्किएर मारिएको बताएका छन् ।
आफूहरूले सिन्धको मिरपुर खास शहरमा मोटरसाइकलमा गइरहेको समयमा रोक्न खोज्दा उनले रोक्नुको सट्टा उल्टै प्रहरीलाई गोली चलाएर भागेपछि प्रहरीले पनि गोली हानेको भनिएको छ । एक जना सन्दिग्ध मारिएको र अर्को एक जना भागेको प्रहरीले भनेको छ । गोली हानेपछि मात्रै प्रहरीले मृतक इशनिन्दाको आरोप लागेको डाक्टर भएको थाहा पाएको खोसोको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण