जापान नेपालीको रोजगारीका लागि सुरक्षित गन्तव्य : श्रममन्त्री भण्डारी
शुक्रबार, ०४ असोज २०८१, २० : १२
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापान नेपालीहरूको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य मुलुक भएको बताएका छन् । जापानको टोकियोमा आयोजित नेपाल–जापान रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले नेपाल र जापानबिच जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धी श्रम सम्झदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताएका थिए । निकट भविष्यमा औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
जापानको भ्रमणमा रहेका मन्त्री भण्डारीले जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीसँग समेत भेट गरेका थिए । भेटको क्रममा दुई पक्षीय रोजगारी प्रवर्द्धनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण