प्रदेश परामर्श बैठकले पार्टी र जनतामा नयाँ उत्साह आयो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश परामर्श बैठकको अन्तिम चरणमा पुग्दा पार्टी र जनतामा माओवादीप्रति उत्साह बढेको बताएका छन् । शुक्रबार प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
बैठक सुरुवात गर्दै अध्यक्ष प्रचण्डले प्रदेश परामर्श बैठकको अन्तिम चरणमा आएकाले अब केन्द्रीय समितिको बैठकको तयारीमा लाग्ने जानकारी गराए ।
सबै प्रदेशको परामर्श बैठक सकिँदा पार्टी र जनतामा नयाँ उत्साह पैदा भएको उल्लेख गर्दै उनले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताए ।
आफूहरूले सरकार छाडेको छोटो समयमै जनताको बिचमा यथार्थ बुझाउन सफल भएको उल्लेख गर्दै अब जनसम्बन्धलाई केन्द्रमा राखेर पार्टी पुनर्गठनको अभियान चलाइने पनि बताए ।
बैठकमा सहभागीहरूका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम छ । केन्द्रीय समिति बैठकको तयारी स्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।
माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेस प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।
परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ ।
प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठनको परामर्श बैठकमा केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण