इजरायली आक्रमणमा परेर बेरुतमा ८ जनाको मृत्यु, ५९ घाइते
शुक्रबार, ०४ असोज २०८१, २२ : २८
बेरुत । लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । बेरुतमा भएको आक्रमणमा आठ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अपडेटमा इजरायली हमलामा ५९ जना घाइते भएको बताइएको छ । यीमध्ये ८ जनाको अवस्था गम्भीर भनिएको छ । हवाई हमला भएको ठाउँ वरपरको क्षेत्रलाई घेराबन्दी गरिएको बीबीसी संवाददाताले भनेका छन् ।
हिजबुल्लाहले यस सम्पूर्ण क्षेत्रमा सुरक्षा बढाएको बताइएको छ । हिजबुल्लाहका मानिसहरूले पत्रकारहरूलाई घटनास्थलमा जानबाट रोकेको खबर पनि आइरहेको छ ।
यसअघि समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाको रेडियो रिपोर्ट अनुसार इजरायलले बेरुतमा हिजबुल्लाह कमान्डर इब्राहिम अकिललाई लक्षित गरी हमला गरेको जनाएको भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण