संविधान संशोधन गरेर प्रदेश संरचना खारेज गर्नुपर्छ : अध्यक्ष केसी
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । उनले प्रदेशमा हुने ४ खर्ब बजेट स्थानीय तहमा पठाएर जनचाहाना अनुसार विकासमा लगाउनुपर्ने बताउँदै प्रदेशको अनावश्यक खर्चले देश कंगाल हुन थालेको बताए ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुँदासम्म संविधान कार्यान्वयन हुन नसक्ने बताए ।
उनले कांग्रेस र एमालेले संविधान संशोधन गर्नुपछ भनेपनि के विषयमा संशोधन गर्ने भनेर जनताका अगाडि भन्न नसक्दा आशंका उत्पन्न भएको बताए ।
संघीयता भित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर भैसकेको उनको भनाई थियो । ‘संघीयताविरुद्व देशमा ठुलो जनमत तयार भए पनि आफ्नो पार्टीले त्यसलाई क्यास गर्न नसकेको कमजोरी स्वीकार गर्दै केसीले सत्ता, शक्ति र पैसाको आडमा चुनाव हुँदा सही एजेन्डा बोकेको राष्ट्रिय जनमोर्चा पछि परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण