सङ्गीतका लागि ‘मगमग वासना’ छर्दै कस्तुप
काठमाडौँ । गायक बद्री पङ्गेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक गरिएको छ ।
लोकप्रिय सर्जक, सङ्गीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै मिठासपूर्ण छन् । गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ । गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ । गीतका शब्द सरल र मिठासपूर्ण छन् ।
लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उँचाइ बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीतसंगीतमा देखिएको मौलिक खडेरी टारेको छ । गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन् ।
गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ ।
प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ ।
गीत सबै बर्गमा मानिसको रुचिमा ध्यानमा राखेर निर्माण गरिएको सर्जक पन्तले बताए । उनले गीतसंगीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गरेका छन् । सार्वजनिक भए देखिनै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
कस्तुप पन्तको शब्द सङ्गीतमा रहेको गीत ‘मगमग वासना’ मेरो आफ्नो शैलीको निरन्तरता भएको गायक बद्री पंगेनीले बताए । ‘दर्शकले यो सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास छ’, पंगेनीले भने ‘यो गीत प्रति पनि श्रोता दर्शकको आर्सीवाद मिल्छ भन्ने विश्वास छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण