माओवादीको परामर्श समिति बैठक आज सकिने, केन्द्रीय समिति बैठक दसैँ लगत्तै
काठमाडौँ । भदौको पहिलो हप्तादेखि सुरु भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समिति बैठक आइतबार सम्पन्न हुँदैछ । साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बस्नुअघि प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक राख्ने निर्णय गरेको थियो ।
स्थायी समिति बैठकको निर्णयअनुसार भूगोलका सात प्रदेशका साथै गैरभूगोलतर्फ उपत्यका विशेष, प्रदेश समन्वय, प्रवासतर्फ एसिया, युरोप अमेरिका समिति केन्द्रीय निकाय, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न भइसकेको छ ।
अन्तिम दिन सार्क राष्ट्रमा कार्यरत केन्द्रीय सदस्यहरू र पदाधिकारीको संयुक्त बैठक रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठक सकिएपछि आवश्यकताअनुसार केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्ने उनले रातोपाटीलाई बताए । सापकोटाका अनुसार केन्द्रीय समिति बैठक दसैँ लगत्तै बस्नेछ ।
केन्द्रीय पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समिति बैठकबाट आएका सुझावका आधारमा केन्द्रीय समितिले बृहत् योजना ल्याउने योजना रहेको उनले सुनाए । सापकोटाले अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै वामपन्थी दलहरू गोलबन्द भएर जानुपर्नेमा सुझाव आएको स्पष्ट पारे ।
‘समीक्षा राम्रो भइराखेको छ । विचारको बहस पनि भइराखेको छ । समाजवादी विचारधारा निर्माणको बहसतिर पनि लगिराखेको छ । सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको आधारमा प्रचण्डको नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्नुपर्छ भन्ने साझा निष्कर्ष छ’, उनले भने, ‘सबै चुनौतीको सामना गर्न बृहत् वामपन्थी एकीकरण आवश्यक छ । त्यसको साथसाथै कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्छ भन्नेमा सबैको जोड छ । नयाँ चुनौतीको सामना गर्न नयाँ विचार संश्लेषण आवश्यकता रहेकोमा सबैको जोड रहेको छ ।’
स्थायी समिति बैठकमा पुष्पकमल दाहाल प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी दस्तावेज पेस गरेका थिए । पार्टी निर्माण र नेतृत्वको विकल्पको सम्बन्धमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठको छुट्टै दस्ताबेज पेस गरेका थिए । परामर्श समिति बैठकमा स्थायी समिति बैठकको निर्णयसहित शर्माको दस्तावेजमाथि पनि छलफल भएको थियो । सबै प्रदेशमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सबैको विचारलाई समेटेर केन्द्रीय समिति बैठकमा राजनीतिक दस्तावेज प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण