हरेक सानातिना समस्यामा औषधि खानु हुन्छ ? यो पढ्नुस्
काठमाडौँ । सन् २०५० सम्ममा विश्वभरमा करिब ४ करोड मानिसको एन्टीबायोटिक–रेसिस्टेन्ट इन्फेक्शनका कारण मृत्यु हुन सक्ने जनरल मेडिकल जर्नल ‘द ल्यान्सेट’ले प्रकाशित गरेको एक अध्ययनले देखाएको छ । त्यसपछिका दशकमा यसका कारण मर्नेको सङ्ख्या झनै बढ्नेछ पनि अध्ययनमा भनिएको छ ।
‘यो एउटा निकै ठुलो समस्या हो, अनि यो लामो समयसम्म रहनेछ,’ अध्ययनका वरिष्ठ लेखक तथा वासिङ्टन विश्वविद्यालयमा इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभ्यालुएशनका निर्देशक क्रिष्टोफर जे. एल. मरेले भनेका छन् ।
एन्टिबायोटिक प्रतिरोधी क्षमताका कारण साधारण सङ्क्रमणलाई पनि निको पार्न निकै गाह्रो हुने चेतावनी यस अध्ययनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले दिएका छन् । वृद्ध र वयस्कहरू एएमआर (एन्टी माइक्रोबायल रेसिस्टेन्स)का कारण हुने मृत्युबाट असमान रूपले प्रभावित हुने र उनीहरूमा सङ्क्रमणको खतरा पनि धेरै हुने अध्ययनमा भनिएको छ ।
एन्टी बायोटिकको अत्यधिक प्रयोगकाका कारण कुनै पनि ब्याक्टेरिया, भाइरस र परजिवीमा सो औषधिको असर नहुने अवस्था एएमआर हो । सन् १९९० देखि सन् २०२१ को बीचमा एएमआरका कारण बर्सेनि १० लाखभन्दा धेरै मानिसको मृत्यु भइरहेको अध्ययनका क्रममा पाइएको छ । आगामी समयमा मृत्युको दर थप बढ्न सक्ने बताइएको छ । आगामी २५ वर्षका यसका कारण ३ करोड ९० लाख मानिसहरूको मृत्यु हुने सक्ने अध्ययनका मुख्य लेखकले भनेका छन् । यो भनेको हरेक मिनेट तीन मृत्यु बराबर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण