लेबनानबाट इजरायलपट्टि दर्जनौँ रकेट प्रहार

तेल अभिभ । लेबनानले रातभर उत्तरी इजरायलतर्फ दर्जनौँ रकेट हानेको इजरायली सेनाले भनेको छ । हेजबुल्लाहले औद्योगिक र सैन्य स्थलहरूलाई निशाना बनाएको बताइएको छ । रातभरमा हेजबुल्लाहले १०५ वटा रकेट हानेको र यीमध्ये अधिकांश रकेटलाई आफूले खसालेको इजरायल रक्षा बल (आईडीएफ)ले भनेको छ ।
यसक्रममा केही घरहरू ध्वस्त भएको बताइएको छ । आफूले गएको हप्ताको पेजर र वाकी–टकी आक्रमणको प्रतिकारमा उत्तरी इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरेको हेजबुल्लाहले भनेको छ ।
बेरुतमा शुक्रवार भएको हवाई हमलामा हेजबुल्लाहका वरिष्ठ कमान्डरको निधन भएको थियो । त्यसयता इजरायलले पनि आक्रमण जारी राखेको छ । यी घटनामा ३ बालबालिका समेत ३७ जनाको मृत्यु भएको लेबनानले भनेको छ ।
यो हप्ताको सुरुमा पेजर र वाकी–टकी विस्फोटका घटनामा परेर लेबनानभरी ३९ जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर