लेबनानबाट इजरायलपट्टि दर्जनौँ रकेट प्रहार
तेल अभिभ । लेबनानले रातभर उत्तरी इजरायलतर्फ दर्जनौँ रकेट हानेको इजरायली सेनाले भनेको छ । हेजबुल्लाहले औद्योगिक र सैन्य स्थलहरूलाई निशाना बनाएको बताइएको छ । रातभरमा हेजबुल्लाहले १०५ वटा रकेट हानेको र यीमध्ये अधिकांश रकेटलाई आफूले खसालेको इजरायल रक्षा बल (आईडीएफ)ले भनेको छ ।
यसक्रममा केही घरहरू ध्वस्त भएको बताइएको छ । आफूले गएको हप्ताको पेजर र वाकी–टकी आक्रमणको प्रतिकारमा उत्तरी इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरेको हेजबुल्लाहले भनेको छ ।
बेरुतमा शुक्रवार भएको हवाई हमलामा हेजबुल्लाहका वरिष्ठ कमान्डरको निधन भएको थियो । त्यसयता इजरायलले पनि आक्रमण जारी राखेको छ । यी घटनामा ३ बालबालिका समेत ३७ जनाको मृत्यु भएको लेबनानले भनेको छ ।
यो हप्ताको सुरुमा पेजर र वाकी–टकी विस्फोटका घटनामा परेर लेबनानभरी ३९ जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण