श्रमदान गर्दै महासचिव विप्लव, तस्बिरसहित
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्विमिङ पुल बनाउन श्रमदान गरेका छन् । कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको विप्लवका सचिवालयका सदस्य विमर्श आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार स्विमिङ पुल नेकपा र स्थानीय जनताको स्वामित्वमा रहने छ । १८ मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको उक्त स्विमिङ पुल बनाउन विप्लवको नेतृत्वमा केन्द्रीय कार्यालय र नेकपा कपिलवस्तु जिल्ला कमिटीले श्रमदान गरेका छन् ।
मंगलबारसम्म निर्माण सम्पन्न गरेर काठमाडौँ फर्किने तयारीमा विप्लव रहेका छन् । निर्माण कार्यमा महासचिव विप्लवसहित, स्थायी समिति सदस्य सन्तोष बुढामगर, पोलिटब्युरो सदस्यहरू विजय, कृति, असल र केन्द्रीय सदस्यहरू सुशील, अडिग, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, कपिलवस्तु सेक्रेटरी पावेल र स्थानीय कार्यकर्ता लगायत सय जना सहभागी रहेको आचार्यले बताएका छन् ।































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण