अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सान्त्वना जित
शारजाह । अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो खेलमा दक्षिण अफ्रिकाले सान्त्वना जित हासिल गरेको छ । यसअघि नै शृङ्खला गुमाइसकेको दक्षिण अफ्रिका अन्तिम खेलमा ७ विकेटले विजयी बनेको हो ।
अफगानिस्तानले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र ३ विकेटको क्षतिमा १ सय २ बल बाँकी छँदै पछ्यायो । टोलीका लागि ऐडन मार्क्रमले नटआउट रहँदै सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४ चौका र ३ छक्का हिर्काए ।
ओपनर टोनी जोर्जी र ट्रिस्टन स्टब्सले समान २६–२६ रन बनाए । कप्तान तेम्बा बाभुमाले २२ रन बनाए । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घाजानफर, मोहम्मद नाबी र फरिद अहमदले १–१ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको अफगानिस्तान ३४ ओभरमा १ सय ६९ रनमा अलआउट भएको थियो । टोलीका लागि ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ८९ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरे ।
घाजानफरले ३१ रन तथा हसमतुल्लाह साहिदीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । तीन जना ब्याटर रन आउट भएको खेलमा लुंगी एनगिडी, न्काबायोम्जी पिटर र एन्डिले फेहलुकवायोले २–२ विकेट लिए ।
यसअघि पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १ सय ७७ को जित हासिल गर्दै टोलीले ऐतिहासिक शृङ्खलामाथि कब्जा जमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण