पोखरा एयरपोर्टमा अनियमितता भएको भन्दै प्रदर्शन, प्रदीप अधिकारीको राजीनामा माग
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागिएको छ । राष्ट्रिय एकता अभियान नेपालको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रदर्शन गरिएको हो । अभियानले महानिर्देशकले भ्रष्टाचार गरेको आरोप सहित बर्खास्तीको माग गरिएको छ ।
उद्घाटन भएर आन्तरिक उडान मात्रै भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा प्राधिकरण सहित उच्च पदस्थ व्यक्तिहरूको भूमिका रहेको प्रदर्शनमा सहभागीहरूको आरोप छ । अधिकारीको पालामा भएको भ्रष्टाचारको सबै जिम्मा उनैले लिनुपर्ने अध्यक्ष विनय यादवले आरोप लगाए ।
अधिकारी महानिर्देशकमा रहिरहँदा छानबिन प्रभावित हुने भएकाले तत्काल बर्खास्त गरिनुपर्ने यादवको माग छ । उनीहरूले विमानस्थललाई वीआरआईको हिस्सा भनेर बदनाम गरिएको आरोप पनि लगाए । चिनियाँ राजदूतसँग नेपाल सरकारले कूटनीतिक नोट मागेर बीआरआई परियोजनाको होहल्लाबाट स्पष्ट हुनुपर्ने यादवले सुनाए ।
प्रदर्शनकारीहरूले विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रियाको छानबिन गर्नुपर्ने माग पनि गरेका छन् । ‘आन्तरिक विमानस्थल त पोखरामा पहिले नै थियो नि । पोखरेलीले अन्तर्राष्ट्रिय विमानस्थल मागेका हुन्,’ उनले भने, ‘राज्य र पोखरावासीको अर्बौँ रकम लगानी गराएर अन्तर्राष्ट्रिय उडान नहुनु लज्जास्पद विषय हो । यसको गम्भीर छानिन र दोषीमाथि कारबाही हुनु आवश्यक छ ।’ यादवले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान तत्कालै हुनुपर्ने माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण