काठमाडौँ उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही
काठमाडौँ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।
चाडपर्वलक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौँ भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यावसायिक फर्म एवं किराना पसलहरूलाई कारबाही गरेको हो ।
अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तीजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरूलाई न्यूनतम पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टीकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ ।
कारबाहीमा परेका पसलहरूमा नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेको पाइएकाले नगद कारबाहीदेखि कागजात मगाउने र निर्देशन दिएको विभागले उल्लेख गरेको छ ।
विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ । काठमाडौँ उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको विभागको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण