बागमती प्रदेशसभा : ३ विधेयक पारित
हेटौँडा । बागमती प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले २ समितिले संसदमा पेस गरेको छलफल तथा संशोधन प्रस्तावको निर्णय सहितको प्रतिवेदनलाई पारित गरेको हो ।
प्रदेशसभाको बैठकले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरिएको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उक्त विधेयकहरूलाई निर्णायार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सांसदहरूले सर्वसम्मत रूपमा पारित गरेका हुन् ।
प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गरी संशोधनको निर्णय सहित प्रतिवेदन पेस गरेको थियो ।
उद्योग पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयकमाथि छलफल गरी संशोधनको निर्णयसहित प्रतिवेदन पेस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण