बागमती प्रदेशसभा : ३ विधेयक पारित

हेटौँडा । बागमती प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले २ समितिले संसदमा पेस गरेको छलफल तथा संशोधन प्रस्तावको निर्णय सहितको प्रतिवेदनलाई पारित गरेको हो ।
प्रदेशसभाको बैठकले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरिएको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उक्त विधेयकहरूलाई निर्णायार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सांसदहरूले सर्वसम्मत रूपमा पारित गरेका हुन् ।
प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गरी संशोधनको निर्णय सहित प्रतिवेदन पेस गरेको थियो ।
उद्योग पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयकमाथि छलफल गरी संशोधनको निर्णयसहित प्रतिवेदन पेस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने