रोनाल्डोको अनुपस्थितिमा अल हज्मलाई हराउँदै अल नासर प्रिक्वार्टरफाइनलमा

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल नासर किङ् कप अफ च्याम्पियन्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा अल हज्मलाई २–१ गोलले हराउँदै अल नासर प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
किङ अब्दुल्ला स्पोर्टस सिटी स्टेडियममा खेलिएको खेलमा अल नासरले पहिलो हाफमै १–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा अल नासरका लागि साडियो मानेले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ६२औँ मिनेटमा अल हज्मले खेललाई बराबरीमा पुर्याएको थियो । अल हज्मका लागि बासिल युसुफले जवाफी गोल गरेका थिए । खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अल नासरले निर्णायक गोल गरेका थिए ।
अल नासरका लागि दोस्रो गोल नवाफ बुसाइलले गरेका थिए । उक्त खेलमा अल नासरका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सहभागी थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिन र जेलेन्स्कीसँग फोनमा कुरा गर्दैछन् ट्रम्प
-
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
-
राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो : गौतम
-
‘राज्यको धर्म हुन्छ, त्यसैले नेपाल धर्मनिरपेक्ष हुन मिल्दैन’
-
बंगलादेश हुँदै आयात हुने केही समानमा भारतले लगायो विशेष प्रतिबन्ध
-
राप्रपा सांसद शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृत्यु राज्यले गरेको हत्या हो