रोनाल्डोको अनुपस्थितिमा अल हज्मलाई हराउँदै अल नासर प्रिक्वार्टरफाइनलमा
काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल नासर किङ् कप अफ च्याम्पियन्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा अल हज्मलाई २–१ गोलले हराउँदै अल नासर प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
किङ अब्दुल्ला स्पोर्टस सिटी स्टेडियममा खेलिएको खेलमा अल नासरले पहिलो हाफमै १–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा अल नासरका लागि साडियो मानेले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ६२औँ मिनेटमा अल हज्मले खेललाई बराबरीमा पुर्याएको थियो । अल हज्मका लागि बासिल युसुफले जवाफी गोल गरेका थिए । खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अल नासरले निर्णायक गोल गरेका थिए ।
अल नासरका लागि दोस्रो गोल नवाफ बुसाइलले गरेका थिए । उक्त खेलमा अल नासरका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सहभागी थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण