अनुहारमा चामलको पानी लगाउँदा के हुन्छ ?
काठमाडौँ । नेपालीहरूको घरमा बिहान होस् वा बेलुका भात नै पाक्छ । भातबिना नेपालीहरूको भोजन अधुरो छ । पार्टीमा होस् वा खाजामा चामलकै परिकार हरू हुन्छ । सेल, चाम्रे, पुलाउ अनेकौँको परिकार बनाउन चामलकै प्रयोग गरिन्छ । तर चामललाई सुन्दरता बढाउन पनि प्रयोग गर्न सकिनछ ।
तपाई आफ्नो छालालाई स्वस्थ र चम्किलो राख्न चाहनुहुन्छ भने चामलको पानी प्रयोग गर्न सक्नुहुन्छ । तपाईलाई छालामा चामलको पानी लगाउँदाको फाइदा थाहा छ ? आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ ।
चम्किलो छाला
चामलको पानीमा भिटामिन बी, सी र ई पाइन्छ । केही बेर चामल भिजाएपछिको पानीलाई छालामा लगाउँदा छाला चम्किलो र स्वस्थ बनाउन मद्दत मिल्छ ।
डन्डीफोर
चामलको पानीमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यसले अनुहारमा बिबिरा कम गर्नुको साथै जलन कम गर्न पनि मद्दत गर्छ ।
टोनर
चामलको पानीले छालाको रङ्गलाई समान र हलुका बनाउन मद्दत गर्छ । यसले छालामा भएका कालो दागधब्बा र डढेको कम गर्छ ।
हाइड्रेट
चामलको पानीले छालालाई मोइस्चराइज गर्छ, जसले छालालाई नरम राख्छ । छाला सुख्खा छ भने तपाईँले पनि चामलको पानी प्रयोग गर्न सक्नुहुन्छ ।
चाउरी
चामलमा पाइने एन्टिअक्सिडेन्टले छालामा बुढ्यौलीका लक्षणहरू जस्तै चाउरी र फाइन लाइनहरू कम गर्न मद्दत गर्छ ।
सनस्क्रिन
चामलको पानीमा सूर्यको हानिकारक किरणहरूबाट छालालाई जोगाउने तत्त्वहरू हुन्छन् । यसले सूर्यको पराबैजनी किरणबाट हुने क्षतिबाट छालालाई जोगाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण