ट्रम्पको चुनावी अभियानमा आउन पत्नीले लिएकी थिइन् पैसा
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति निर्वाचनको चुनावी अभियानमा रिपब्लिकन उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलनिया खासै देखिएकी छैनन् । उनी विरलै यस्ता कार्यक्रमहरूमा देखिएकी छिन् ।
तर चुनावी अभियानका लागि उनले ६ अंकको चेक लिएको खुलासा भएको छ । यस वर्ष पूर्व प्रथम महिला मेलनियाले चुनावी अभियानका लागि पैसा उठाउने दुई वटा कार्यक्रममा बोलेकी थिइन् ।
अप्रिलमा भएको कार्यक्रमका लागि उनलाई २ लाख ३७ हजार ५०० डलर भुक्तानी भएको ट्रम्पले हालै सार्वजनिक गरेका वित्तीय फारमले देखाएको छ । यो चेकलाई बोल्नका लागि भन्ने शीर्षकमा राखिएको छ । अप्रिलको कार्यक्रमका लागि मेलनियालाई लग क्याबिनका रिपब्लिकनहरूले भुक्तानी दिएको फारममा भनिएको छ । चेक कसले काट्यो भन्ने चाहिँ रहस्यमै छ । फारममा भुक्तानीको माध्यमबारे थप जानकारी दिइएको छैन ।
जुलाईमा पैसा उठाउने अभियान अगाडि यस्तो खालको भुक्तानीका लागि दातालाई कम्तीमा एउटा अनुरोध आएको बताइएको थियो । त्यतिबेला अभियानले मेलनियालाई भुक्तानी भए नभएको खुलासा गरेको थिएन । मेलनियाको तर्फबाट भुक्तानीको लागि अनुरोध गर्ने व्यक्ति जर्मनीका लागि पूर्व राजदूत रिक ग्रेनेल थिए । राजनीतिक कार्यक्रममा उपस्थित भएबापत मेलनियाले यस अघि पनि बारम्बार ६ अंकको चेक लिएको रेकर्डले देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण