अदालत
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
मङ्गलबार, ०८ असोज २०८१, १४ : ०३
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।
दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण