रेल यातायातको लागि विश्वव्यापी हब बन्ने टर्कीको लक्ष्य
अङ्कारा । टर्कीले एसिया र युरोपलाई जोडन पुल निमार्ण गरेर रेलमार्ग यातायातको लागि विश्वव्यापी हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको टर्कीका यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताएका छन् ।
“हामी हाम्रो उच्च–गति र परम्परागत रेल प्रणालीलाई सन् २०५३ सम्म विस्तार गर्ने योजनाको साथ अगाडि बढिरहेका छौँ”, उरालोग्लुले भने ।
हाल १४ हजार किलोमिटरमा फैलिएको उच्च–गति रेलवे नेटवर्कमा आठ हजार ५५४ किलोमिटर नयाँ रेलमार्ग थपिने उनले बताए ।
टर्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पर्क सुधार गर्न रेलवे, बन्दरगाह, औद्योगिक केन्द्र र लजिस्टिक हबबिच एकीकरण गराउने लक्ष्य राखेको उरालोग्लुले जोड दिए ।
साथै, उनले माल ढुवानी र यात्रु यातायातला लागि रेल क्षेत्रको रणनीतिक महत्वबारे प्रकाश पारेका छन् ।
मन्त्रालयले रेललाई एयरपोट र बन्दरगाहहरूसँग जोडेको छ र देशभर रेलको सुविधालाई सुदृढ पार्ने लक्ष्य राखेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण