रेल यातायातको लागि विश्वव्यापी हब बन्ने टर्कीको लक्ष्य

अङ्कारा । टर्कीले एसिया र युरोपलाई जोडन पुल निमार्ण गरेर रेलमार्ग यातायातको लागि विश्वव्यापी हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको टर्कीका यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताएका छन् ।
“हामी हाम्रो उच्च–गति र परम्परागत रेल प्रणालीलाई सन् २०५३ सम्म विस्तार गर्ने योजनाको साथ अगाडि बढिरहेका छौँ”, उरालोग्लुले भने ।
हाल १४ हजार किलोमिटरमा फैलिएको उच्च–गति रेलवे नेटवर्कमा आठ हजार ५५४ किलोमिटर नयाँ रेलमार्ग थपिने उनले बताए ।
टर्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पर्क सुधार गर्न रेलवे, बन्दरगाह, औद्योगिक केन्द्र र लजिस्टिक हबबिच एकीकरण गराउने लक्ष्य राखेको उरालोग्लुले जोड दिए ।
साथै, उनले माल ढुवानी र यात्रु यातायातला लागि रेल क्षेत्रको रणनीतिक महत्वबारे प्रकाश पारेका छन् ।
मन्त्रालयले रेललाई एयरपोट र बन्दरगाहहरूसँग जोडेको छ र देशभर रेलको सुविधालाई सुदृढ पार्ने लक्ष्य राखेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण