ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका ९ जना समर्थक पक्राउ
बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।
पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का नेता कार्यकर्ता रहेका छन् ।
प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।
यसैगरी हल्दीबारी गाउँपालिका–९ का बिवश लिम्बू , हल्दीबारी–१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउँपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन् ।
उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
झापाको चारपानेमा पेट्रोल छर्केर अरू सवारी साधनमा आगजनी गर्ने उनीहरूको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुवै ट्रकका चालक घाइते भएका थिए ।
प्रसाईँलाई नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण