ट्रम्पपछि निशानामा ह्यारिस, कार्यालयमा गोलीबारी
वाशिङटन डीसी । अमेरिकामा आगामाी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा डेमोक्रोटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई निशाना बनाइएको छ । एरिजोनामा रहेको ह्यारिसको चुनावी अभियान कार्यालयमा गोलीबारी भएको छ । प्रहरीले यस मामिलामा अनुसन्धान गरिरहेको छ ।
यो घटना चुनावी अभियानका लागि ह्यारिस एरिजोना जानुभन्दा केही दिनअघि भएको हो । सेप्टेम्बर २३ मा गोलीबारीले ह्यारिसको अभियान कार्यालयको झ्यालको शिशा फुटालिएको प्रहरीले मंगलबार एक विज्ञप्तिमा भनेको छ ।
कामदारहरूले फोन गरेपछि सोमबार अधिकारीहरू घटनास्थलमा पुगेका थिए । रातिको समय भएकोले घटनाको समयमा कार्यालयमा कोही पनि थिएनन् । तर यसले भवन र आसपास रहने मानिसहरूको सुरक्षाबारे चिन्ता उत्पन्न गरेको प्रहरीको भनाइ छ ।
हालैका हप्तामा सो कार्यालयलाई निशाना बनाएर भएको यो दोस्रो घटना भएको भनिएको छ । यस अघि सेप्टेम्बर १६ मा सोही कार्यालयको अगाडिको झ्यालमा गोली प्रहार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण