ट्रम्पको हत्या गर्न खोजेको आरोपमा र्यान राउतमाथि चलाइयो मुद्दा
वाशिङटन डीसी । अमेरिकाका सरकारी वकिलहरूले फ्लोरिडास्थित पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको गल्फ कोर्स नजिकबाट समातिएका व्यक्तिमाथि ट्रम्पको हत्या गर्न खोजेको अभियोगमा मुद्दा चलाएका छन् ।
अदालतमा बुझाएको दस्तावेजले र्यान राउथले एक महिना अघि नै ट्रम्पलाई मार्ने आशयसहितको पत्र लेखेका देखाएको थियो । गैरकानुनी रूपमा बन्दुक राखेको भन्दै चलाइएको २ मुद्दामा यसअघि नै राउथले २० वर्षसम्मको जेल सजाय पाउन सक्ने देखिएको छ ।
नयाँ अभियोग प्रमाणित भएमा उनले बढीमा आजीवन कारावासको सजाय पाउनेछन् । सरकारी अधिकारीहरूलाई लक्षित गरेर भएको हत्या हिंसाले देशमा सबै कुरा खतरामा पार्ने अमेरिकी महान्यायाधिवक्ता मेर्रिक गर्लान्डले एउटा विज्ञप्तिमा भनेका छन् । राउथलाई जिम्मेवार ठहर्याएन सम्भव भएको सम्मको हरेक औजार प्रयोग गर्ने कसम उनले खाएका छन् ।
ट्रम्पले भने सरकारमाथि आफ्नो हत्या प्रयासको मुद्दालाई गलत तरिकाले भड्काइरहेको आरोप लगाइरहेका छन् । सोमबार सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उनले सो मामिलालाई न्याय मन्त्रालयले फ्लोरिडालाई नै हेर्न दिनुपर्ने भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण