चट्याङ लागेर ३ जनाको मृत्यु
बुधबार, ०९ असोज २०८१, १३ : २९
काठमाडौँ । रोल्पासहित देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका-५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
यता मोरङको मिक्लाजुङ गाउँपालिका-३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका-४ बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाजुराको बुढिगंगा नगरपालिका-४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण