मधेस प्रदेश : ३ जनाको डुबेर मृत्यु
धनुषा । मधेस प्रदेशका तीन जिल्लामा एकै दिन डुबेर तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका-४ पनसेरा बस्ने सुरेन्द्र चौधरीको छोरा ६ वर्षीय जेन्स कुमार चौधरीको डाक्नेश्वरी नगरपालिका-५ तरहिस्थित राधा कृष्ण मन्दिरको पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको स्वास्थ्य चौकी पातोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै रौतहटको माधवनरायण नगरपालिका-५ स्थित झाँझ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने रामनरेश साहको छोरा ११ वर्षीय पवन साहको मंगलबार दिउँसो मृत्यु भएको छ ।
यता धनुषाको धनुषाधाम नगरपालिका-३ स्थित धनुष पोखरीमा डुबेर सोही ठाउँ बस्ने विकाउ मण्डलकी छोरी १३ वर्षीया चन्द्रिका मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधाम समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण