अन्तर वडा फुटसल : उपाधि वडा नम्बर १६ को पोल्टामा
काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामाको उपाधि वडा नम्बर १६ को टोलीले जितेको छ । वडा नम्बर १६ ले बुधबार लैनचौर फुटसल मैदानमा खेलिएको फाइनलमा खेलमा वडा नम्बर १२ लाई ५–२ गोलले हराउँदै उपाधि चुमेको हो ।
प्रतियोगिता काठमाडौँ महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको हो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफको पहिलो मिनेटमै वडा नम्बर १२ का खेलाडीबाट आत्मघाती गोल भएपछि वडा नम्बर १६ ले अग्रता लिएको थियो ।
त्यसपछि विजयी टोलीका लागि आयुष कुँवर, रविन निरौला र सुजत डंगोलले एक–एक गोल गरेका थिए । यसरी वडा नम्बर १६ को टोली ४–० गोलले अगाडि बढेको थियो । त्यसपछि मनोज महर्जन र सिद्धार्थ देउलाको गोलमार्फत वडा नम्बर १२ ले खेलमा फर्किने प्रयास गरेको थियो । तर, निर्धारित समयको खेल सकिनै लाग्दा श्रेयान्स मानन्धरले गोल गरेपछि वडा १६ सजिलै विजयी भयो ।

श्रेयान्स फाइनलको म्यान अफ दि म्याच पनि घोषित भए । उपाधि विजेता वडा नम्बर १६ ले ट्रफीसहित दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता वडा नम्बर १२ ले ट्रफी र एक लाख रुपैयाँमा चित्त बुझायो ।
वडा नम्बर १६ का आयुष कुँवर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता टोलीकै मनोज महर्जन सर्वाधिक गोलकर्ता बने । सर्वोत्कृष्ट गोलरक्षकको पुरस्कार वडा नम्बर १२ का मनोज महर्जनलाई प्रदान गरियो । व्यक्तिगत विधातर्फ उत्कृष्ट तीनैजना खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि फाइनल खेल हेरेका थिए । काठमाडौँ महानगरपालिकाका प्रशासकिय प्रमुख सरोज गुरागाईँ र आयोजक वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले विजयी टोली र खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
अध्यक्ष महर्जनले वडा नम्बर २३ ले अर्को वर्ष तेस्रो संस्करण अझ भव्यताका साथ आयोजना गर्ने बताए । असोज १ गते सुरु भएको प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाका टोलीले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण