जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी
श्रीनगर । जाम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ । विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ।
केन्द्र शासित प्रदेशका ६ जिल्लाका २६ निर्वाचन क्षेत्रका २३९ उम्मेदवारको भाग्यको फैसला गर्न बुधबार जारी निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गर्नेछन् ।
यो चरणमा १३ लाख १२ हजार ७३० पुरुष, १२ लाख ६५ हजार ३१६ महिला र ५३ जना तेस्रो लिङ्गी गरी कुल २५ लाख ७८ हजार ९९ लाख मतदाताले मतदान गर्नेछन् । अन्तिम चरणको निर्वाचन अक्टोबर १ मा हुनेछ भने मतगणना अक्टोबर ८ मा हुनेछ ।
११ बजेसम्म २४ दशमलव १० प्रतिशत मतदान
बिहान ११ बजेसम्म २४ दशमलव १० प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगका अनुसार रियासीमा सबैभन्दा बढी ३३.३९ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम श्रीनगरमा ११.६७ प्रतिशत मतदान भएको छ ।
मतदानको क्रममा विभिन्न देशका वरिष्ठ कूटनीतिज्ञहरूको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार बडगाम र श्रीनगरलगायत विभिन्न मतदान केन्द्रहरूमा जम्मु र काश्मीरमा मतदान प्रक्रियाको अवलोकन गर्न पुगेको थियो।
विदेश मन्त्रालयले अमेरिका, मेक्सिको, गुयाना, दक्षिण कोरिया, सोमालिया, पनामा, सिंगापुर, नाइजेरिया, स्पेन, दक्षिण अफ्रिका, नर्वे, तान्जानिया, रुवान्डा, अल्जेरिया र फिलिपिन्सलगायत करिब १५ देशका कूटनीतिज्ञको प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको थियो ।
मतदान केन्द्रको भ्रमणका क्रममा वरिष्ठ कूटनीतिज्ञहरूले जनता र मतदातासँग अन्तरक्रिया गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण