अब नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा बिक्री हुने
काठमाडौँ । सरकारले आन्तरिक ऋण प्रयोजनका लागि जारी गर्ने नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा पनि बिक्री हुने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको आन्तरिक ऋण निष्कासन तथा व्यवस्थापन कार्यविधिले यस्तो व्यवस्था गरेको हो ।
कार्यालयले बुधबार जारी गरेको कार्यविधिमा नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार बजार निर्मातामार्फत डोम्स र इन्भेष्टर्स पोर्टलबाट गर्न सकिने उल्लेख गरिएको छ ।
सार्वजनिक ऋणका लागि सरकारले अहिले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार गरी चार वटा औजार प्रयोग गर्दै आएको छ । त्यसमध्ये ट्रेजरी बिल छोटो अवधिका लागि हुने भएकोले यो दोस्रो बजारमा कारोबार हुँदैन ।
अहिले विकास ऋणपत्र भने कार्यालयको डोम्स र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुवैमा कारोबार हुँदै आएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र भने डोम्स र इन्भेष्टर्स पोर्टलबाट मात्रै कारोबार हुने कार्यालयका सूचना अधिकारी प्रकाश पुडासैनीले जानकारी दिए ।
दोस्रो बजारमा कारोबार सुरु भएसँगै यी दुई उपकरणप्रति जनताको आकर्षण बढ्ने अपेक्षा कार्यालयले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण