आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आय विवरण दाखिल गर्ने म्याद थप गर्नुपर्ने माग गरेको छ ।
आन्तरिक राजस्व विभागले वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको आय विवरण असोजभित्र बुझाउनुपर्ने व्यवस्था गरेको छ । यस्तै वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरूको मङ्सिर मसान्तसम्म म्याद थप हुने व्यवस्था गरिएको विभागले जनाएको छ । वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताको पुस २० गतेसम्म म्याद थप हुने व्यवस्था गरिएको छ ।
यी व्यवस्थाप्रति चेम्बरले विमति जनाएको छ । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको बेला विद्यमान कानुनी व्यवस्था विपरीत गरिएको निर्णयले व्यावसायिक क्षेत्रमा गम्भीर असर गर्ने चेम्बरले उल्लेख गरेको छ ।
चेम्बरले आन्तरिक राजस्व विभागको निर्णय सच्याउनसमेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण