असोज १३ गतेदेखि अभिमुखीकरण तालिममा आइरिस प्रणाली लागू हुने
काठमाडौँ । वैदेशिक रोजगार विभागले असोज १३ गतेदेखि वैदेशिक रोजगार अभिमुखीकरण तालिममा आइरिस प्रणाली लागू गर्ने भएको छ । विभागको असोज ८ गतेको निर्णयअनुसार फेसटाइम एटेण्डेन्ट, आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन सिष्टम र देशगत कलष्टर लागू गरिने भएको हो ।
२०८१/०४/२९ गतेको मन्त्रीस्तरीय निर्णय तथा विभागको असोज ८ गतेको निर्णय कार्यान्वयन गर्न आवश्यक प्राविधिक तयारी पुरा भएको विभागले जनाएको छ । सोही आधारमा असोज १३ गतेदेखि आईरिस प्रणाली लागू गर्न लागेको विभागले जनाएको छ । मन्त्रीस्तरीय निर्णयमा तयारी नपुगेको भन्दै व्यवसायीले समय माग गरेका थिए । अहिले सबै तयारी पुरा भएसँगै लागू गर्न लागिएको विभागले जनाएको छ ।
वैदेशिक रोजगारमा जाने व्यक्तिलाई नपढाई हाजिरी मात्रै गराउने गरेको गुनासो बढेपछि मन्त्रालयले आईरिसको व्यवस्था गरेको थियो । गत वर्ष नै उक्त व्यवस्था गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन । तत्कालीन समयमा श्रममन्त्री भएका बेला हालका श्रममन्त्री शरतसिंह भण्डारीले कार्यविधि संशोधन गरेका थिए । कार्यविधि संशोधन गरेर तालिम प्रदायक संस्थाहरूलाई पूर्वाधार थप गर्नुपर्ने भनिएको थियो ।
व्यवसायीले लिने शुल्क ७०० रुपैयाँबाट पढाएर २१०० समेत पुर्याइएको थियो । त्यसमा थप ७०० रुपैयाँ परीक्षा शुल्क भनेर श्रमिकले पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनका लागि २८०० रुपैयाँ तिर्नेपर्ने भन्ने थियो । तर, त्यसपछि आएका श्रममन्त्री डीपी अर्यालले कार्यविधि संशोधन खारेज गर्दै पुरानै शुल्क कायम गरेका थिए । त्यसका विरुद्धमा व्यवसायीहरूले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
सर्वोच्चले कार्यविधि संशोधन गरेको निर्णय खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि व्यवसायीहरूले बढेको शुल्क लिएर तालिम प्रदान गर्दै आएका छन् । उनीहरूले जोडेको आईरिस समेत विभागको सर्भरमा जोडिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण