कांग्रेस कार्यसम्पादन समिति बैठक : उपनिर्वाचनका लागि दल दर्ता र चियापान लगायत एजेन्डा
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उनकै निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक असोज १३ गते आइतबार दिनको २ बजेका लागि बोलाइएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।
मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । दल दर्ताका लागि निर्वाचन आयोगमा दलको लेखा परीक्षण प्रतिवेदन‚ बैठकको निर्णय प्रतिलिपि लगायत विषय उपलब्ध गराउनुपर्ने हुन्छ । यसैका लागि बैठक बोलाइएको उनले बताए ।
साथै कांग्रेसले दसैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने उनले बताए । ‘यी बाहेक समसामयिक विषयमा छलफल हुने भइहाल्यो‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण