समाचार
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
बिहीबार, १० असोज २०८१, १८ : ४१
विराटनगर । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हाे ।
सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए ।
को१ख ४६०१ नम्बरको नरसिंह डिलक्स बसमा ६ जना महिला, ६ पुरुष, तीन बालक, चालक र सहचालक गरी १७ जना रहेको सशस्त्रका प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार १२ जनाको कोशी हेल्थ केयर अस्पताल सुनसरी, भारदह अस्पताल ४ जनाको उपचार भइरहेको छ ।
बस चालक इलाका प्रहरी भारदहको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण