दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्ने काठमाडौँ प्रहरीको योजना
काठमाडौँ । चाडपर्वमा काठमाडौँ प्रहरीले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठमा सुरक्षा प्रदान गर्नुपर्ने सम्भावित क्षेत्रमा खसी बजारदेखि टिकट काउण्टर सम्मको क्षेत्रमा सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ ।
चाडपर्वमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए । उनले भने– ‘काठमाडौँ बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा सुरक्षा प्रदान गर्नुपर्ने सुरक्षा विश्लेषण छ ।’
प्रहरीले स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूमा लुटपाट हुनसक्ने र पसलहरूमा भिडभाड भएर किनबेचमा असुविधा हुनसक्ने आकलन गर्दै त्यस्ता ठाउँमा थप प्रहरी परिचालन गरिएको छ ।
दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी रजौरेले बताए । उनले भने– ‘काठमाडौँको सुरक्षा व्यवस्था चुस्त छ, कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण