प्रहरीले माछा बिक्री वितरण गर्न नदिएपछि व्यवसायी प्रभावित
धनगढी । साइकल तथा मोटरसाइकलमा राखेर माछा बिक्री वितरणमा प्रहरीले अवरोध गरेपछि कैलाली जिल्लास्थित माछा व्यवसायी प्रभावित भएका छन् ।
प्रहरीले विभिन्न कानुनी प्रावधान देखाएर साइकल तथा मोटरसाइकलको पछाडि क्यारेटमा माछा राखेर बिक्री वितरण गर्न दिएपछि व्यवसायी प्रभावित भएका हुन् ।
माछा व्यवसायी संघ कैलालीका अध्यक्ष रामप्रसाद चौधरीले आफूहरू दशकौँदेखि माछा उत्पादक किसानको पोखरीबाट उपभोक्तासम्म पुर्याउँदै आएको बताउँदै सो कार्यमा प्रहरीले रोक लगाउने, जरिवाना लिने जस्ता कार्य गर्दै आएको दुखेसो सुनाए । देशमा व्याप्त बेरोजगारीका कारण आफूहरूको पेसा नै माछा बिक्री वितरण गर्ने र यही पेसाबाटै जीविका चलाउँदै आएकाले प्रहरीको अवरोधले आफूहरूको रोजीरोटीमै धक्का पुगेको उनको भनाइ छ ।
यसैबिच ट्राफिक प्रहरीले निरन्तर दुःख दिइरहेको बताउँदै उनीहरूले शुक्रबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले साइकल तथा मोटरसाइकलमा राखेर निर्बाध रूपमा माछा बिक्री वितरण गर्न पाउनुपर्ने माग राखेका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सुरज बहादुर खड्काले साइकलमा भन्दा मोटरसाइकल सवारी प्रायोजनको लागि रहेकोले कानुन अनुसार त्यसमा मालसामान राखेर बिक्री गर्न नपाइने बताए । माछा व्यवसायीहरूसँग पनि आफूहरूको छलफल जारी रहेको बताउँदै व्यवहारिक पक्षबारे आफूहरू लचकदार रहेको प्रहरी निरीक्षक खड्काको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण