दोस्रो टेस्ट क्रिकेट : बंगलादेशी समर्थकलाई कुटे भारतीय समर्थकले
शुक्रबार, ११ असोज २०८१, १६ : १४
काठमाडौँ । आयोजक राष्ट्र भारत र बंगलादेशबिचको दोस्रो टेस्ट क्रिकेट शुक्रबार कानपुरमा सुरु भएको छ । वर्षाका कारण पहिलो दिन ३५ ओभरको खेलमात्र सम्भव भयो । पहिलो दिनको खेल सकिँदासम्म टस हारी पहिले ब्याटिङ गरेको बंगलादेशले तीन विकेट गुमाएर एक सय सात रन बनाएको छ ।
पहिलो दिनको खेलका क्रममा भारतीय समर्थकले एक बंगलादेशी समर्थकलाई कुटपिट गरेका छन् । भारतीय सञ्चारमाध्यले जनाए अनुसार, भारतीय समर्थकको कुटपिटबाट तीन बंगलादेशका ती समर्थक गम्भीर घाइते भएका छन् ।
हाल उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ । सामाजिक सञ्जालमा पनि ती बंगलादेशी समर्थकको तस्बिर भाइरल भइरहेको छ । तर, कुटाई खाने बंगलादेशी समर्थकको नाम भने समाचारमा खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण