कुलेखानी बाँध भरिन लाग्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन अपिल
काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेकोले सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ । कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले जनाएका छन् ।
उनले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू र स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न आग्रह गरेका छन् ।
यस्तै सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत सुरक्षित स्थानको पूर्व तयारी गर्न अनुरोध गरेका छन् । बिहीबार रातीदेखिको अविरल वर्षाका कारण ड्याम तथा नदीहरूमा जलसतह ह्वात्तै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण