सर्वोच्चको न्यायाधीश सिफारिसप्रति नेपाल बारको चिन्ता
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश सिफारिसप्रति नेपाल बार एसोसिएसनले चिन्ता व्यक्त गरेको छ । आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै नेपाल बारले आफूहरूको मागलाई पूर्णतया बेवास्ता गरी जबरजस्ती तरिकाले सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको प्रति गम्भीर असहमति र चिन्ता व्यक्त गरेको हो ।
शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुल्सीपुरका नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो ।
‘गैरसंवैधानिक संशोधित नियमावलीको खारेजी गरेर मात्र न्यायाधीश नियुक्ति गर्नका लागि देशैभरि विरोधका कार्यक्रम गर्नुका साथै न्याय परिषद् घेराउ गर्दा समेत सेवा निवृत्त हुन लागेका प्रधान न्यायाधीश एवं प्रस्तावित प्रधान न्यायाधीशले नेपाल बार एसोसिएसनको संविधान सम्मत उचित र जायज मागलाई पूर्णतया बेवास्ता गरी विरोध, घेराउ र नाराबाजीका बिचमा जबरजस्ती तरिकाले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने सिफारिस गरेकोले उक्त निर्णयप्रति नेपाल बार एसोसिएसन गम्भीर असहमति र चिन्ता व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ,‘भविष्यमा समेत नेपाल बार एसोसिएसनलाई बेवास्ता र अनदेखा गर्ने प्रवृत्तिले आगामी न्यायिक नेतृत्व कसरी अघि बढ्न चाहन्छ भन्ने प्रष्ट भएको छ । यस्तो गलत प्रवृत्ति लिई विवादका बिचमा भएका र हुने नियुक्तिका विरुद्धमा हामीले विरोध र खबरदारी गरिरहनु पर्ने हाम्रो संवैधानिक दायित्व रहेकोमा त्त तत् निकायहरूलाई पुनः स्मरण गराउन चाहन्छौँ ।’
न्याय परिषद् नियमावली, २०७४ (पहिलो संशोधन २०६०) फिर्ता नभएसम्म विरोध कार्यक्रम यथावत् रूपमा निरन्तर सञ्चालन हुने नेपाल बारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण