प्रतिकुल मौसम
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु
शनिबार, १२ असोज २०८१, १३ : ०६
काठमाडौँ । बिहीबार देखिको लगातारको अविरल वर्षाबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।
उनीहरूको बाढी, पहिरो र घर भत्किँदा निधन भएको हो । काठमाडौँमा ४ जना बेपत्ता भएका छन् ।
बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ । यता भक्तपुरमा तीन जनाको मृत्यु भएको छ भने ललितपुरमा ९ जनाको मृत्यु भएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् ।
धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । पाँचथरमा २ जनाको मृत्यु भएको छ भने काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण