साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित
काठमाडौँ । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।
भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषि सिंह र हेम्नेइचुंगले एक एक गोल थपेका थिए । नेपालमा कप्तान सुवास बमले एक गोल फर्काउँदा एक गोल उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१ औँ मिनेटमा पहिलो गोल बेहोरेको थियो ।
दायाँतर्फबाट आएको क्रसमा भारतका सुमित शर्माले हेडर गरेका थिए । नेपाली गोलरक्षक पेम्बा नोर्वुले बल बचाउन सफल भए पनि सम्हाल्न सकेनन् र भिजल यादवले गोलरक्षकको खुट्टाबिचबाट बललाई गोलपोष्टमा पठाए ।
केही समयपछि पुनः भिजल यादवले ६८ औँ मिनेटमा फ्रीकिकबाट आएको बललाई सुमितले हेडमार्फत प्रहार गरेपछि नेपाली गोलरक्षकले पुनः बचाउने प्रयास गरे पनि भिजलले रिबाउन्डमा दोस्रो गोल थपेका थिए ।
नेपालले खेलमा फर्कने प्रयास गर्दै ८३औँ मिनेटमा सुवास बमको गोलमार्फत टोलीलाई आशा जगायो । टिम मूभबाट आएको यो गोलले नेपाललाई खेलमा फर्कने सम्भावना कायमै राखेको थियो ।
तर, भारतका नरेश सिंह (एनरिषी सिंह)ले ८५ औँ मिनेटमा गोल गर्दै अग्रता ३–१ बनाएका थिए । नेपाली टोलीले ८९ औँ मिनेटमा भारतबाट एक गोल उपहार पायो । भारतका मोहमद क्याफले आफ्नै पोस्टमा गोल गरेपछि नेपालको अग्रता ३–२ भएको थियो ।
खेलको इन्जुरी टाइमको पनि अन्तिमतिर भारतका हेम्नेइचुंगले टिमका लागि चौथो गोल थप्दै अन्ततः खेलको नतिजा ४–२ ले आफ्नो पक्षमा पारे । भारतले अव उपाधिका लागि पाकिस्तान र बंगलादेशको विजेतासँग सोमबार खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण