हसन नसरल्लाहको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेनले के भने ?
वाशिङटन डीसी । इजरायलले लेबनानमा गरेको आक्रमणमा परेर सशस्त्र समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको छ । उनको मृत्युपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गरेका छन् ।
‘विगत चार दशकको आतङ्कमा हसन नसरल्लाह र उनको नेतृत्वमा रहेको आतङ्कवादी समूह हिजबुल्लाह सयौं अमेरिकीहरूको हत्याका लागि जिम्मेवार थिए ।’ विज्ञप्तिमा बाइडेनले भनेका छन् । इजरायली हवाई आक्रमणमा नसरल्लाहको मृत्युलाई हजारौँ अमेरिकी, इजरायली र लेबनानी नागरिकहरू सहितका धेरै पीडितहरूका लागि न्याय बताइएको छ ।
अमेरिकाले हिजबुल्लाह, हमास, हुथी र इरानद्वारा समर्थित अन्य आतङ्कवादी समूहविरुद्ध इजरायलको आफ्नो रक्षा गर्ने अधिकारलाई पूर्ण समर्थन गर्ने पनि उनले बताए ।
‘हाम्रो उद्देश्य गाजा र लेबनानमा जारी द्वन्द्वलाई कूटनीतिक माध्यमबाट कम गर्ने हो । हामी लेबनानमा एउटा सम्झौतामा वार्ता गरिरहेका छौँ जसले मानिसहरूलाई इजरायल र दक्षिणी लेबनानमा सुरक्षित रूपमा आफ्नो घर फर्काउनेछ ।’ विज्ञप्तिमा अझ अगाडि भनिएको छ । अब मध्यपूर्वको फराकिलो क्षेत्रलाई थप स्थिर बनाउने समय आएको पनि बाइडेनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण