२ खर्बपति क्लबमा फेसबुकका मार्क जुकरबर्ग
वाशिङटन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकका मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्ग २ खर्ब डलरको मालिक भएका छन् । २०० खर्ब डलर क्लबमा छिर्ने उनी चौथो व्यक्ति हुन् ।
ब्लुम्बर्गको बिलेयिनर्स इन्डेक्सका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब १ अर्ब डलर रहेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा जुकरबर्गको नेटवर्थ ७३ अर्ब ४० करोड डलर बढिसकेको छ ।
जुकरबर्ग टेस्लाका सीईओ एलन मस्क, एमाजनका हाकिम जेफ बेजोस, फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका सीईओ बर्नार्ड आर्नो पछि २ खर्ब डलरको सम्पत्ति हुने विश्वका चौथो व्यक्ति बनेका छन् । ४० वर्षीय जुकरबर्गले सन् २००४ मा फेसबुक खोलेका थिए ।
यस वर्षको अहिलेसम्मको अवधिमा मेटाको शेयर मूल्य ६४ प्रतिशतले बढिसकेको छ । मेटाले फेसबुक, इन्ष्टाग्राम, थ्रेड्स लगायतका चर्चित सामाजिक सञ्जाल र इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्स एप चलाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण